प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

20

काठमाडौँ, १६ साउन । प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घट्नामा संलग्न मध्य रञ्जन खड्का प्रमुख व्यक्ति रहेको र लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धान गर्दा घटनामा संलग्नमध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको खुल्न आएको र हाल प्रतिवादी रञ्जन खड्का धेरै समय भारतको बैंगलोरमा लुकेर बसेको खुल्न आएको छ ।’

प्रहरीले यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो । विष्टको २०६४ असार २६ गते शंखमुलमा सबितालाई जिस्काएको निहुँमा निर्घात कुटपिट गरी हत्या गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...