घटना बढे तर मिसन सञ्चालन गर्न बजेट अभाव छ : प्रहरी

39

काठमाडौँ, ६ साउन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताउनुभएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै डिआइजी कार्कीले गत वर्ष ५ हजार ९४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३२५ घटना घटेको बताउनुभयो ।

उहाँले गत वर्ष ४१ हजार ४३३ प्रहरी परिचालन गरिएको मध्ये अहिले घटना बढेर ६१ हजार २२३ जना प्रहरी परिचान गरिएको बताउनुभयो । साथै उहाँले गत वर्ष एक हजार १७० जना घाइते भएकोमा यो वर्ष बढेर १ हजार ६५३ घाइतेलाई उद्धार गरिएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष घटनाहरू बढी घटेका छन्, गत वर्ष ४१ हजार ४३३ प्रहरी परिचालन गरिएका थिए भने यो वर्ष बढेर ६१ हजार २ सय २३ जना परिचान गरिएका छन् । घाइतेहरूको संख्या पनि यो वर्ष बढेको छ । गत वर्ष १ हजार १७० जना घाइते थिए भने यो वर्ष बढेर १ हजार ६५३ घाइतेलाइ उद्धार गरिएको छ । शव व्यवस्थापनमा पनि शवहरूको संख्या बढेको छ । यो वर्ष ४५६ ओटा शवको व्यवस्थापन गरेको छ ।’

यस्तै, उहाँले मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा कन्ट्रिभेसनको हिसावले टप फाइब भित्र रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो समस्या भनेको मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुनु हो । अहिले संसारका सबै देशहरूले बजेटरी कन्सेट देखाए । साथै मिसनको लागि बजेट आवश्यकता पर्छ । ठुलो परिवेश भएको देशहरूले पनि बजेट नदिएकाले मिसन पूरै सफल हुन सकेको छैन । ’

Share This:
सम्बन्धित खबर
Loading...