पाँच जना एसपीको काज सरुवा

31

काठमाडौँ, ५ साउन । पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।

त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ ।

४ महिनाअघि तनहुँमा गएका बोहरा अवधि नपुग्दै तानिएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन् ।

उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...