लुटपाटमा संलग्न ३ जना अत्याधुनिक हतियारसहित पक्राउ

74

मुगु, २४ असार । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जनामध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिका ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।

घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

लुटेरा समूहले गाँउका २४ वटा घर, एउटा गुम्बाबाट ३५ तोला सुन, ९९४.५ तोला चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरुले जाहेरी दिएका छन् ।

घटना भएको झन्डै एक महिनापछि लुटपाटमा संलग्न ८ जनाको टिममध्ये प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

प्रहरीले उनीहरुको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्ब्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...