अवैध लागु औषधसहित दुई भारतीय पक्राउ

34

रौतहट, १९ असार । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषधसहित दुई भारतीयलाई पक्राउ गरेको छ । गौर चपुर सडकखण्डको इद्रिस गेट अगाडि चेकजाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षीय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवास्थामा बरामद गरेको हो ।

ना१ज ७१०९ नम्बरको गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट लगभग ६०० थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरिक्षक हुमागाईका अनुसार पक्राउ परेका दुवै युवकबाट आइपिपिएल २९९ थान र फेनारगन २९९ थान बरामद भएको हो।

पक्राउ परेका दुवै युवकलाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...