एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने

32

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ७ उपाध्यक्षमा १ महिला, १ मधेसी, अरू खुला रहने खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उहाँले भन्नुभयो,‘पर्सी असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौँ । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट हामीले थप्ने गरी हामीले यो संख्या २९९ जना गर्ने प्रस्ताव गरेका छौँ । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ ।

योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...