चुच्चे नक्साको विवाद द्विपक्षीय संवादमार्फत् टुंग्याउन पहल गरेको छु : प्रधानमन्त्री प्रचण्ड

19

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताउनुभएको छ ।

प्रचण्डले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भन्नुभयो, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भइरहेको छ ।’

यस्तै दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिनुभयो ।

‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्‍यौँ । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुपर्‍यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुंगाउन आग्रह गरेको छु । मलाई विस्वास छ सकारात्मक ढंगले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...