कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ : गगन थापा

19

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले,कांग्रेसले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताउनुभयो ।

सोमबार काठमाडौँमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उहाँले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताउनुभयो ।

यस्तै, पार्टीमा ठुलो योगदान पुर्‍याएका तर स्मरण नगरेको स्वर्गीय नन्दप्रसाद जस्तो पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीमा ठुलो योगदान गरेको तर कहीँ न कहीँ हामीले स्मरण नगरेको नन्दप्रसादजस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौँ । यसलाई द्रुत गतिमा अगाडि बढाउँछौँ । कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्ने छ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन ।’

उहाँले कांग्रेसभित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...