सहकारी पीडितहरुको आन्दोलनमा राष्ट्रिय जनमोर्चाको एक्येबद्धता

14

काठमाडौँ, १० असार । राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

सोमबार माइतीघर मण्डलामा गएर जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले लाखौँ बचतकर्ताको अर्बौँ रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जाहेर गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चहान्छु । सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंकमा राख्नुभन्दा सहकारीमा खाइ नखाइ राखेको पैसा हिनामिना भएको छ ।’

उहाँले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौँ पैसा हिनामिना गरेर जनताको पसिनामाथि पनि हिनामिना भएको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘ सहकारीको अर्बौँ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौँ लाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन् ।’

यसको साथै सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ । ४८ सालको ऐन छ, सहकारी ऐन, त्यो अधुरो पनि छ । त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्छ ।’

अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...