टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

10

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताउनुभयो ।

‘टीकापुर घटना एउटा दुंखद् घटना हो । जसमा जनधनको अपुरणीय क्षति हुनपुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ,’ प्रचण्डले भन्नुभयो ।

थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको धारणा प्रधानमन्त्री प्रचण्डको छ ।

Share This:
सम्बन्धित खबर
Loading...