जिबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने

41

काठमाडौँ, ६ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लाखौँ बचतकर्ताको अर्बौँ रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई (जिबी)को लोकेसन पत्ता लागिसकेको दाबी गर्नुभएको छ ।

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कुटनीतिक पहलमा ढिलाइ भइरहेको बताउनुभयो ।

‘जिबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ । अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ । यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ ।’

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कुटनीतिक पहलमा समय लागेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...