टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : झलनाथ खनाल

20

काठमाडौँ, ३ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उहाँले भन्नुभयो,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिन्छ ।’

‘महाधिवेशनबाट चारवटा दस्तावेज पास गर्ने छौँ । दस्तावेजमा छलफल भइरहेको छ । सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्तावेजलाई अझै परिस्कृत गरेर पारित गर्छौँ । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर, सहमति भनेको के ? सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौँ कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ ? हामी जुटेको भनेकै एउटा वैचारिक राजनीतिक कार्यदिशा, आधारमा नीति, सिद्धान्त र लक्ष्यका आधारमा हो ।’

उहाँले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताउनुभयो । कम्युनिस्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाभिवेशनबाट अगाडि सार्न लागेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...