संसद् रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सिके राउत

35

काठमाडौँ, ६ जेठ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके. राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसद्‌मा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टार्गेट गर्नु गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रंगमञ्च मात्रै भयो है भनेर । संसद्‌मा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टार्गेट गर्नुहुँदैन ।’

उहाँले संसद्‌मा साँढेको जुधाई जस्तो भएको भन्दै ठुलाठुला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संसद्‌मा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहिँ कठिन भएको छ । गतल संसदीय अभ्यास भइरहेको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...