कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

12

विराटनगर, ३१ वैशाख ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।

९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये उहाँको पक्षमा ५७ जनाले विश्वासको मत दिए । त्यस्तै, उहाँको विपक्षमा शून्य र तटस्थमा पाँच मत खसेको थियो ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

कार्कीलाई नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसद गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

तर, आजको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । सरकार गठनको प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले विरोध गर्दै आएको छ । कार्कीविरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । पेशी भने जेठ ९ गतेलाई तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...