सरकारबाट बाहिरियो जसपा, उपेन्द्रले दिए राजीनामा

38

काठमाडौँ, ३१ वैशाख । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ ।

सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो ।

अध्यक्ष यादवले सरकारमा रहेर सत्तासिन दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गर्नुभएको छ ।

यद्यपि, जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिसकेको छैन । त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...