कांग्रेसले नाराबाजी गरेपछि संसद् स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

30

काठमाडौँ, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठकमा अवरोध कायमै राखेको छ ।

बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पूरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...