कञ्चनपुर, २३ वैशाख । कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ । उनीहरुसँग नुहाउन गएका अन्य दुई जना घाइते छन् ।
दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।