संसद्को बजेट अधिवेशन आह्वान

3

काठमाडौँ, २० वैशाख । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

उहाँका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...