बझाङ, १७ वैशाख । बझाङ प्रदेश सभा (१) मा सम्पन्न उपनिर्वाचनमा नेकपा (एमाले)का दमन भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ ।
११ हजार ६१२ मत पाउनुभएका भण्डारी २६६ मतअन्तरले निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३४६ मत पाउनुभयो । अभिषेक गत वर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ५१४ मत प्राप्त गर्नुभयो ।