राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ [भिडिओ]

103

काठमाडौँ, १६ वैशाख । राष्ट्रियसभा सदस्य डा.अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उहाँलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराउनुभयो ।

मनोनीत कोटाका लागि सरकारले उहाँको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...