इलाम–२ को मतगणना ११ बजेदेखि

45

काठमाडौँ, १६ वैशाख । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरू गर्ने निर्णय भएको छ ।

आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभा गृहमा बसेको सर्बदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो ।

२६ भदौमा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (वैशाख १५) उपनिर्वाचन भएको थियो । मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजदेखि सुरू हुँदै छ ।

मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...