कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै हो : अध्यक्ष नेपाल

37

काठमाडौँ, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार युवा संघ नेपालको कार्यक्रमा उहाँले सरकारमा आवद्ध केही दलहरुले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्ने चाहेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गर्नुभएको हो ।

‘यो चुनावमा कुनै पार्टीलाई बहुमत आएन, अहिलेको १२ वटा पार्टी संसदमा छन् । म प्रधानमन्त्री हुँदा २५ वटा पार्टी थिए । त्यसमध्ये मैले २२ वटा पार्टीलाई समेटेर सरकारमा लगेको थिए । अहिले सरकारमा ६ वटा सरकारमा छन् । ६ वटा सरकरा बाहिर । एउटा पार्टी अलग हुनेबित्तिकै सरकार माथिबाट तल भुइँमै पछारिन्छ । कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔँ, झन्डै झन्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको प्रदेशको मुख्यमन्त्रीको चुनाव सिलसिलामा आइसकेको थियो,’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्रीले लचकता देखाउनुभयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हाम्रा मन्त्रीहरुलाई स्थान दिइएको छ । कसै कसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन् । प्रहारको निशाना त्यतै ताक्नुपर्छ भन्छन् । जसले गर्दा कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । यो पार्टीको हितमा होइन् । पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै हो ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उहाँले सत्तामा गएपछि मात्तिएको आरोप लगाउनुभयो ।

उहाँले नेकपा दुई तिहाइमा पुग्दा शक्तिको सदुपयोग गर्न नसकेको भन्दै नेताहरुको दिमागमा घमण्ड सवार भएपछि कम्युनिस्ट आन्दोलनमा क्षति पुर्‍याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौँ । त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । यो सदुपयोग हुन सकेन नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त भय शक्तिको कारणले अहंकार पैदा गर्दोरहेछ । यो अहिले कम्युनिस्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्मेका थिए त्यसको नाम हिटलर हो । ख्याल गर्नुपर्छ सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । सत्तामा गएपछि विधनमा रहनुपर्छ मात्तिनु हुँदैन । मात्तिएपछि त्यसको भोग्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा क्षति पुग्यो ।’

Share This:
सम्बन्धित खबर
Loading...