भाइको कुटपिटबाट दाजुको मृत्यु

31

खाँदबारी, ८ वैशाख । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-३ एथुम्बुस्थित भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ ।

शुक्रबार ५ बजे स्थानीय ४१ वर्षीय सनमान राई ९बोल्न नसक्ने० लाई सामान्य घरायसी विवादको क्रममा ३८ वर्षीय प्रविन राईले कुटपिट गर्दा घाइते भएका उनको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो ।

राईलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...