अब राजतन्त्र फर्किँदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौँ : सभापति देउवा

53

काठमाडौँ, २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताउनुभएको छ । उहाँले राजा फर्काउने कुरा गर्नेभन्दा हालको व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

आइतबार काठमाडौँमा स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि, राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका छन् । अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ । व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन् । यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ । तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’ देउवाले भन्नुभयो ।

उहाँले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर सरकारको नेतृत्व गरिरहेको र त्यो राम्रो भएको भन्दै थप्नुभयो, ‘अहिलेको सरकारमा को छ र छैन भन्दापनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थालाई सुदृढीकरण गनुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा सभापति देउवाले स्व.थापासँग आफ्नो भेट जेलमा भएको स्मरण गर्नुहुँदै बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...