‘जनविश्वास हट्नेगरी अदालतले काम गर्नु हुँदैन’

39

काठमाडौँ, १ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले पर्याप्त सोच विचारबिना नै फैसला गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

बुढानिलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कायक्रम उहाँले न्यायको पुस्तक पल्टाएर पर्याप्त सोच विचार बिना नै न्याय गरेको जस्तो अनुभव भएको भन्दै जनताको विश्वास हट्नेगरी न्याय निरुपण नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म न्यायालयलाई के पनि आग्रह गर्न चाहन्छु भने खाली न्यायको पुस्तक पल्टाएर मात्रै न्याय गरेकोजस्तो अथवा पर्याप्त सोच विचार बिना नै न्याय गरिएको जस्तो छ । जनताको विश्वास हट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता बुझेर आम जनतालाई मर्का नपर्नेगरि गर्नुपर्छ ।’

मुलुकमा हाल स्वास्थ्यको स्थिति सुध्रिएको बताउनुभएका उहाँले कोभिडले झन यो क्षेत्रको आँखा खोलिदिएको भनाइ राख्नुभयो । नयाँ सरकारले दुर्गम ठाउँहरुमा विकासका लागि अविलम्ब काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ । कोभिडले हाम्रो स्वास्थ्य क्षेत्रको आँखा खोलिदएको छ । पहिलाभन्दा अहिले थुप्रै अस्पतालहरु निर्माण गरेका छौँ । एउटा हुम्ला जिल्लाको सदरमुकाम पक्की सडकले जोड्न बाँकी छ । त्यसलाई अविलम्ब अब जोडिने छ । अहिले नयाँ सरकार जुन बनेको छ, त्यसैले सरकारको तर्फबाट पनि म भन्छु हुम्लालाई अब दुर्गम रहन दिइँदैन । हुम्लाको सदरमुकामसम्म सडक पुर्‍याइन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...