त्रिशूलीमा ट्याक्सी खस्दा बालिकासहित पाँच जनाको मृत्यु

35

काठमाडौँ, १७ चैत । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन ।

‘एक बालिकासहित दुइ महिला र दुई पुरुषको शव भेटिएको छ, ट्याक्सीमा कतिजना सवार थिए सो बारे हामी यकिन गर्दै छौँ’ थापाले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...