श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

56

भक्तपुर, २५ फागुन । भक्तपुरमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका(३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...