छ सय २० किलो गाँजा बरामद

46

मलेखु, १६ फागुन । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६२० किलो गाँजा बरामद गरेको छ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६२० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो ।

पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...