सप्तरीबाट २ राउण्ड गोलीसहित कटुवा पेस्तोल बरामद

25

सप्तरी, १२ मंसिर । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका–४ वेल्हीस्थित सीमा इलाकाबाट आइतबार राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बिओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरुले बोकेको कपडाको पोका सोही ठाउँमा छाडी फरार भएपछि सो पोका चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको हो ।

बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...