एनएसएलमा इलामको पहिलो जित

22

काठमाडौँ, १२ मंसिर । स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साेमबार सम्पन्न खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरे ।

त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर, अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर, अमाथको प्रहार पोस्टभन्दा माथिबाट बाहिर गयो ।

दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...