छोराको कुटपिटबाट आमाको मृत्यु

37

मनहरी, ५ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिल बहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीया सन्त माया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मकवानपुर प्रहरी प्रवक्ता भण्डारीका अनुसार सन्त मायालाई कात्तिक २७ गते डिल बहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा ईन्द्र बहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए । घाइते सन्त मायाको चितवनपुरस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

कुटपिटमा संलग्न ईन्द्र बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...