दुई ओटा पेस्तोलसहित ५ जना पक्राउ

26

बारा, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाराले हातहतियारसहित ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा बारा प्रहरीले सिम्रौनगढ नगरपालिका–११ भगवानपुरबाट दुई थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ५ जनालाई पक्राउ गरेको हो ।

May be an image of phone, toy and text

इलाका प्रहरी कार्यालय सिम्रोनगढका प्रहरी निरीक्षक रविभूषण यादवको कमान्डमा गएको टोलीले लुकाइछिपाइ राखेको अवस्थामा २ थान पेस्तोल र त्यसमा लाग्ने गोली १० राउन्डसहित भगवानपुरका रूपलाल पटेल, उपेन्द्र पटेल, धीरेन्द्र पटेल र रौतहटको बौधीमाई नगरपालिका–२ का राजमंगल पटेल र शोभा राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

हातहतियारसहित पक्राउ गरेको पाँचै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धानको काम भइरहेको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...