प्रिन्सिपल हत्या प्रकरण : प्रेमिकासहित ६ जना पक्राउ

31

बारा, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

हत्यामा संलग्न आरोपमा ६ जनालाई जना पक्रा गरिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । पक्राउ पर्नेमा रूपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीया युवतीसहित ६ जना छन् ।

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।

घटनामा संलग्न एक युवतीसहित ३ नेपाली र ३ भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुई जनाको पनि संलग्ना हुन सक्ने प्रहरीको अनुमान छ ।

अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्मरूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...