धादिङ केन्द्रबिन्दु भएर लगातार परकम्प

47

काठमाडौँ, ५ कात्तिक । आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङ केन्द्रबिन्दु भएर लगातार परकम्पहरू गइरहेका छन् ।

आइतबार बिहान धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पनहरू गइरहेका छन् । आइतबार बिहान ८ बजेर ८ मिनेटमा सल्यानटार केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने ८ बजेर ५९ मिनेटमा जाँदा धादिङ नै केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्काबाट मानवीय क्षति नपुगेको त्यहाँको प्रहरीले जानकारी दिएको छ । तर, भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...