हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

26

मकवानपुर, १५ असोज । बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विंगर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना७ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएकाहरूलाई उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...