फिल्म ‘मायावी’को छायांकन सुरू

20

काठमाडौँ, ११ असोज । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरू गरिएको छ । केही दिनअघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरू गरेको हो ।

निर्माण टिमले फिल्मको छायाकंन गर्ने तयारी गर्दै एक हप्ताअघिसम्म फिल्मका मुख्य कलाकारहरू र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेको थियो ।

फिल्म मुस्ताङको नीलगिरी हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरूभएको र फिल्मको छायाकंन अवधि ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जनकारी दिए ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस फिल्ममा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भूमिका रहने छ । यस्तै, फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेललगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।

अभिनेता पल झन्डै डेढ वर्षपछि यसै फिल्ममार्फत् रजतपटमा कमव्याक गर्दैछन् भने करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेसनल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।

राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ ।

फिल्ममा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् । राज फिल्म ‘मायावी’मार्फत् निर्माणमा पाइला चाल्न लागेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...