दार्चुलाको तिंकरमा सशस्त्रको ‘सीमा सुरक्षा पोस्ट’ स्थापना

14

काठमाडौँ, २३ भदौ । चीनसँग सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छयाँलेक तिंकरमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ ।

सदरमुकाम दार्चुलाबाट करिब ११२ किलोमिटर टाढा रहेको नेपाल, चीन र भातको त्रिदेशीय बिन्दु तिंकरमा २५२औँ बिओपी स्थापना गरेको हो । चीनतर्फ यो ९औँ सीमा सुरक्षा क्याम्प हो ।

नयाँ स्थापना भएको बिओपीबाट भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दुरीमा रहेको बिओपी सशस्त्र प्रहरी बलका अतिरित्त महानिरीक्षक वंशीराज दाहालले शनिबार उद्घाट गरेका हुन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित ८ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । चीनतर्फ ९ र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...