नक्कली भुटानी शरणार्थी प्रकरण : फरार थप एक जना पक्राउ

33

काठमाडौँ, २८ असार । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा संगठित अपराधसमेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

सम्बधित समाचार

Share This:

Share This:
सम्बन्धित खबर
Loading...