यस्तो छ टेकनाथ रिजालले अदालतमा दिएको बयान

नक्कली शरणार्थी प्रकरण

145

काठमाडौँ, २१ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् ।

उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई पोलेका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै प्रचण्ड निवासमा आफू, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलाल पुगेको बताएका छन् ।

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, “प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला । सम्बोधन हुनसक्ने नभए समाधान गर्नु भन्नुभयो ।”

यो भेटपछि सानु भण्डारी र केशव दुलालमाथि शंका लागेको भए पनि उनीहरूले भनेजस्तो आफ्नो रोकिएको सुविधा पनि सुचारू भएको र भुटानी शरणार्थीबारे निर्णयहरू हुन थालेको रिजालको बयान छ ।

त्यसपछि आफूहरू उनीहरूले भनेजस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, “मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।”

सम्बधित समाचार

Share This:
सम्बन्धित खबर
Loading...