सुनकोशी नदीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव फेला [अपडेट]

77

सिन्धुली, २८ जेठ । सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारीको शव फेला परेको छ । शनिबार बिहान ८ बजे पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

यसअघि यही दुर्घटनामा परेका दुई जना कर्मचारीको शव फेला परेको थियो ।

भुर्तेल सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए । गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनामा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो ।

उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो । शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदीमा फेला परेको हो ।

प्र.३–०१–००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित ४ जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए ।

दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए । तर, त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो ।

उनीहरूको शव र गाडी गत जेठ २३ गते फेला परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...