प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरू]

89

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएको हो । उनलाई पशुपतिमा संस्कृतिमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले स्वागत गरेका थिए ।

May be an image of 2 people and text

पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतले मन्दिर पनि दर्शन गरेका थिए ।

May be an image of 5 people, dais and text

प्रधानमन्त्री प्रचण्डलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए ।

May be an image of 3 people

May be an image of 6 people, temple and text

May be an image of 13 people

तस्बिर : प्रधानमन्त्री प्रचण्डकाे फेसबुक पेजबाट

Share This:
सम्बन्धित खबर
Loading...