काठमाडौँ, ५ जेठ । नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ ।
बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन ।
शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिलले शुक्रबारभित्रै बुझाउन भनेको थियो । संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहन्त्री बालकृष्ण खाणलगायत उच्चपदस्थलाई समेत प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
सम्बधित समाचार
- टोपबहादुर–खाणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १२ पुग्यो
- पूर्वगृहमन्त्री खाण पक्राउ
- आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न
- सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण, प्रहरी भन्छ– टोपबहादुर रायमाझी सम्पर्कमा छैनन्
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी