गरिमा विकास बैंकले वित्तीय साक्षरतासम्बन्धी विशेष भिडिओ सार्वजनिक

77

काठमाडौँ, ५ जेठ । आजभोलि वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगीसम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दै गइरहेको छ ।

यस्ता ठगहरुले सामाजिक सञ्जाल एवं अनलाइन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाइएको छ ।

मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् ।

यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारिक युट्युव एवं अन्य सामाजिक सञ्जालमार्फत् डिजिटल ठगीसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । करिब २ मिनेट लामो उक्त भिडिओमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाइएको छ ।

बैंकले उक्त भिडिओको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केही हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...