रामेछाप दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

155

मन्थली, २३ चैत । रामेछापको मन्थली नगरपालिका–७ को कोछिनी (मगर गाउँ नजिक) भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा११च ५५३ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नगरपालिका–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षीया ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापाति गाउँपालिका–१ गुन्सीकी ८ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।

दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बोलेरो कौछिनीको मगरगाउँ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेका छ ।

Share This:
सम्बन्धित खबर
Loading...