एयर इन्डियाकाे विमान एक्कासी नेपाल एयरलाइन्स उडिरहेकाे उचाइमा झरेपछि…

109

काठमाडौँ, ११ चैत । नेपाली आकाशमा ठुलो हवाई दुर्घटना टरेको छ । शुक्रबार बिहान सिमराको आकाशमाथि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यति नै बेला दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एयर इन्डियाको विमानले झन्डै ठक्कर दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा रहेको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले एयर इन्डियाको विमानलाई भारतबाट नेपाल प्रवेश गर्दा १९ हजार फिटको उचाइमा आउन अनुमति दिएका थिए । तर, उक्त विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्‍यो । सोही उचाइमा नेपाल एयरलाइन्सको विमान होल्ड गरिरहेको थियो । उक्त विमानले अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि समय कुरिरहेको थियो ।

“दुवै विमान समान उचाइमा उड्न थाले । नेपाल एयरलाइन्सको विमान ८ माइल (१२.८ किमि) अगाडि थियो । विमानको चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल एयरलाइन्सको विमान तल झर्‍यो र एयर इन्डियाको विमान माथि गयो । जसले गर्दा करिब ३५० यात्रुको ज्यान बच्यो,” विमानस्थलका एक एटिसीले भने, “एयर इन्डियाको विमान १९ हजार फिटमा नउडेर किन १५ हजार फिटमा झर्‍यो भन्ने विषयमा अनुसन्धानबाटै खुल्छ ।”

सर्ट टर्म कन्फ्ल्क्टि अलर्टले विमान दुर्घटना हुनबाट जोगाएको एटिसी बताउँछन् । एयर बसले प्रतिघन्टा कम्तिमा ३२० मिलोमिटरको रफ्तारमा उडान भर्छन् । एक मिनेटमा एयरबसले कम्तिमा ५.५ किलोमिटर दुरी पार गर्छ । दुई विमानको दुरी ८ माइल (१२.८ किमि) मात्रै हुनु निकै जोखिमपूर्ण भएका ती एटिसीले बताए ।

एयर इन्डिया फकर भर्टिकल उचाइबाट एक्कासी तल झरेर नेपाल एयरलाइन्सको जहाजले उडान भरिरहेको समान ‘होरिजेन्डल’ उचाइमा पुग्यो । उड्डयन क्षेत्रका विज्ञहरू समान होरिजेन्टल उचाइमा कम्तिमा ९० नर्टिकल माइलको दुरीभन्दा कममा विमान उडाउन नमिल्ने बताउँछन् ।

यसअघि, फागुन १५ गते बुद्ध, कतार र नेपाल एयरलाइन्सको विमान ठोकिनबाट जोगिएका थिए । काठमाडौँ अवतरणका लागि नेपाल एयरलाइन्सको विमान तयार अवस्थामा रहँदा उक्त जहाजको केहीमाथि कतार एयरवेज र तल बुद्ध एयरका विमान थिए ।

तीनवटै जहाजको फरक १ हजार ५०० फिट मात्र थियो । कतार एयरको जहाज एक्कासी तल आएपछि निगमको जहाजमा अलर्ट भएको थियो । त्यसपछि निगमका फाइलटले विमानलाई तल झारेका थिए । जसले गर्दा ठुलो दुर्घटना टरेको थियो ।

यो पनि हेर्नुस्
टर्‍यो सम्भावित विमान दुर्घटना

Share This:
सम्बन्धित खबर
Loading...