ओली भन्छन्– प्रधानमन्त्री प्रचण्डले पुस १० को सम्झौता तोड्नु हुन्न

67

काठमाडौँ, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।

उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।”

उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरूसँग सम्झौता गर्न नमिल्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...