राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

24

काठमाडौँ, ११ फागुन । राष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बिहान ११ बजेदेखि सुरू हुने भनिएको सो बैठमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भएको भेटमा निर्वाचनअधिको पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी भएपछि उत्सासहित कांग्रेसले आज बस्ने कार्यकारिणी बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । नाम भने बैठकबाट सार्वजनिक नगरिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...