बालाजु घटनाबारे एमाले सांसद थापाले मागे गृहमन्त्रीको जबाफ

27

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले)का सांसद सूर्य थापाले सोमबार बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीको जबाफ मागेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद थापाले घटनामा के भएको हो भन्दै घटनाबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

“बालाजुको गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखबर बस्न मिल्दैन,” सांसद थापाले सभामुखमार्फत् ध्यानाकर्षण गराउँदै भने ।

Share This:
सम्बन्धित खबर
Loading...