घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

34

काठमाडौँ, ३ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख तीन हजार तीन सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ९० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...