एकीकृत समाजवादी छाडेकी लिमा अधिकारी भइन् रास्वपाको केन्द्रीय सदस्य

88

काठमाडौँ, २ फागुन । नेकपा (एकीकृत समाजवादी) छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएकी छन् ।

मोरङकी उनलाई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको छ । अधिकारी पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता स्व.भरतमोहन अधिकारीकी छोरी हुन् ।

लिमा गत मंसिर ४ को चुनावमा एकीकृत समाजवादीबाट खस–आर्य महिलातर्फ समानुपातिक उम्मेदवार थिइन् ।

पुराना दलबाट मुलुकको विकास, समृद्धि, रोजगारी, स्वास्थ्य र शिक्षालगायतको ग्यारेन्टी नहुने देखेपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएको लिमाले बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...